Logo

आइसोलेसनमा बस्नुपर्ने प्रहरीलाई ड्युटीमा



काठमाडौं, भदौ २३ । महानगरीय प्रहरी परिसर जावलाखेलले आइसोलेसनमा बस्नुपर्ने प्रहरीलाई ड्युटीमा खटाएको पाइएको छ। रथ तान्ने क्रममा झडप हुँदा पिसिआर दिएका प्रहरीलाई पनि परिसरले खटाएको थियो। उनीहरूले झडप हुनअगाडि नै स्वाब दिइसकेका थिए। झडपको भोलिपल्ट वृत्तका १९ प्रहरीलाई कोरोना पोजेटिभ देखिएको हो।

शंस्कापद लागेर कोरोना परीक्षण गराएका उनीहरूले भौतिक दुरी कायमसमेत गर्न नसकेकाले अन्य प्रहरी र स्थानीयमा पनि कोरोना फैलिन सक्ने डर देखिएको छ। ललितपुरका जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले सबै प्रहरी र नजिक रहेकाको कन्ट्याक्ट टे«सिङ भइरहेको बताए। उनले भने, ‘सामान्यतया स्वाब दिएपछि नतिजा अनाएसम्म ‘आइसोलेटेट’ भएर बस्नुपर्ने हो तर पछिल्लो समय पिसिआर दिएर ओहोरदोहोर गर्ने गरेको पाइएको छ, कसैले पनि यसो नगरौं।’

परिसर जावलाखेलका प्रमुख एसएसपी राईले आवश्यताका आधारमा खटाइएको बताए। उनले सुरक्षाकर्मी जस्तोसुकै अवस्थामा पनि अलर्ट रहनुपर्ने भएकाले खटाइएको जानकारी दिए। ‘संक्रमण भएकालाई हामीले सुरक्षित राखेका छौं, नमुना स्वाब दिएकालाई पनि खटाइएको थियो, कतिपय ठाउँमा देखिँदैन भन्ने प्रहरीलाई पनि पोजेटिभ देखिएको छ,’ उनले भने, ‘सकेसम्म सावधानी अपनाएका छौं, यस्तो समयमा सर्वसाधारणले पनि प्रहरी र आफूलाई कोरोनाबाट बचाउन आवश्यक छ।’नागरिक दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्