काठमाडौं, २३ भदौ । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले कर्मचारीतन्त्रलाई मात्रै छुट्याएर देशको परिस्थिति विश्लेषण गर्न नसकिने बताएका छन् । कर्मचारीतन्त्र भनेको पोलिटिकल र सोसल विललाई कार्यान्वयन गर्ने संस्थामात्रै भएको उनको भनाई छ । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।