काठमाडौं, २३ भदौ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले नागरिक अधिकार कुण्ठित गरिएको बेलामा नागरिक प्रशासन जाग्ने भन्दै यस्तै उद्देश्यमा निजामती कर्मचारीहरु धेरैपटक सडकमा आएको स्पष्ट पारे । उनले आफूसँग राजनीतिक आस्था रहेको सुनाए । तर, नेकपाको सदस्य अहिलेसम्म नलिएको जिकिर गरे । उनले अहिलेपनि कर्मचारीको समायोजन नभएको र कर्मचारीले दुःख पाइरहेको दुःखेसो पोखे । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।