Logo

धानमा विभिन्न रोगको प्रकोप



वीरगंज, २३ भदौ । पर्साको बजियान क्षेत्रमा लगाइएको धानबालीमा विभिन्न किसिमको रोगको प्रकोप देखिएको छ । पर्साको पकाहामैनपुर, कालिकामाई, छिपहरमाई गाउँपालिका र पोखरिया नगरपालिकाका किसानहरूले लगाएको धानबालीमा बेक्टोरियल लिफ ब्लाइट, सित ब्लाइट, पातको डढुवा, ब्लास्ट रोगको प्रकोप देखिएको धोरे निवासी किसान मनोज मेहताले बताए ।

उनले पात सुक्ने, रातो, पहेंलो, खैरो धर्को पातमा देखिएको बताए । सुर्जाहाका किसान वीरेन्द्र चौहानले धानमा देखिएको रोगबाट उत्पादन घट्ने बताए । पकाहामैनपुर गापाको कृषि शाखाका प्राविधिक हरिनारायण चौरसियाले उपचार गरिएको बीउको प्रयोग नगरेको र रासायनिक मल धानबालीमा आवश्यकता अनुसार नदिएकोले यस्तो रोग निम्तिएको बताए ।

चौहानले यो रोगको लागि खेतमा जमेको पानी हटाइ सुक्खा पारेर फाइटोमाइसिन औषधि ५ ग्राम १५ लिटर पानीमा मिसाएर एक कट्ठा खेतमा छर्नुपर्ने सुझाव दिए । साथै उनले टाटा कन्टस, कपर हाइड्रोसाइड, मेलिगनलगायतका औषधिहरू पनि यो रोगविरुद्ध प्रयोग गर्न सकिने उनले सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्