Logo

भरुवा बन्दुक सहित पक्राउ



दार्चुला, २३ भाद्र । एकनाले भरुवा बन्दुक सहित बिक्रम सिंह धामीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । नौगाड गाउँपालिका अपी नम्पा संरक्षण क्षेत्रभित्र पर्ने जिब्लधाम वनबाट लाइसेन्स नभएको १ थान एकनाले भरुवा बन्दुक सहित सोही गाउँपालिका मल्लमट्टको धामीे पक्राउ परेका हुन् ।

 

प्रहरी चौकी सिप्टीबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्