Logo

बसपार्कबाट १६ जना जुवाडे पक्राउ



चितवन, २३ भाद्र । तास खेलिरहेको अवस्थामा १६ जना पोखरा बसपार्कबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका पोखरा बसपार्कस्थित हरि जिसीको घरमा तास खेलिरहेका रोम बहादुर कोईराला लगायत १६ जना पक्राउ परेका हुन् ।

उक्त घरमा तास खेलिरहेका जानकारी आएलगत्त जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद ४४ हजार र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्