वीरगंज, २३ भदौ । नारायणी अस्पतालमा उपचार अभावमा मृत्यु भएका बारा जिल्ला कोल्हवी नगरपालिका–४ सपही बस्ने विक्रम चौधरीको घटना सम्बन्धमा छानबिन समिति गठन भएको छ । अस्पतालका मेसु डा. सञ्जयकुमार ठाकुरले तीन सदस्यीय छानबीन समिति गठन गरिएको जानकारी गराएका छन् ।
उनले समितिको प्रतिवेदन आएपछि दोषीहरुलाई कारबाई र पीडितलाई क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने जानकारी गराएका छन् । कोल्हबी निवासी विक्रम चौधरीको भदौ २१ गते नारायणी अस्पतालको आइसियूमा निधन भएको थियो । मृतकका परिवारजनले अस्पतालका चिकित्सकको लापरवाहीका कारण विक्रमको मृत्यु भएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजूरी दिएका थिए ।