Logo

कंगना रनोटको कार्यालयमा छापा



एजेन्सी, २३ भाद्र । बलिउड नायिका कंगना रनोटको कार्यालयमा बिएमसीले छापा मारेको छ । कंगनाको कार्यालयमा छापा मारेको एकदिन पछि कार्यालयको गेट बाहिर सुचना टास गरी काम रोक्ने जानकारी दिएको हो ।

कंगनाले ट्विटरमा फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘सामाजिक सञ्जालमा मेरा साथीहरुले गरेको आलोचनाको कारण बीएमसीका मानिसहरुले बुलडोजर लिएर आएनन् । बरु उनीहरुले कार्यालयमा भइरहेको चुहावटको कार्य रोक्न सुचना जारी गरे । ’ उनले अगाडी भनेकी छिन्, ‘साथीहरु मैले धेरै जोखिममा हात हालेको छु, तर तपाइँहरु सबैको माया र सहयोग पाउछु । ’

कंगनाको फिल्म निर्माण कम्पनी मुम्बईको सबैभन्दा महंगो स्थानमा कार्यालय रहेको छ । ४८ करोडको लागतमा निर्माण भएको कार्यालय सम्पुर्ण डिजाइन उच्च स्तरको छ । कायौलय भित्रको आन्तरीक सजावट निकै लोभ लाग्दो छ । सोमबार बीएमसीको टोली कंगनाको कार्यालय पुगेको थियो जुन कुरा कंगना आफैले ट्विटर मार्फत जानकारी दिएकी थिइन् ।

कंगनाले स्पष्टसँग लेखेकी छिन्, त्यहाँ भएका सबै कागजात आवश्यक छन् । केही अवैध छैनन् । हेर्नलाई बीएमसीलाई अनुमति छ । बीएमसीले अवैध संरचना निर्माण भएको योजनासहित सुचना जारी गर्नुपरथ्यो । आज उनीहरुले बिना जानकारी कार्यालय छापा मारेका छन् । भोली संरचना ध्वस्त हुनेछ । ’ धेरै मानिसहरुले कंगनाको समर्थनमा ट्विट गरेका छन् । सामाजिक सञ्जालमा यस विषयमा हंगामा चलेको छ ।



प्रतिक्रिया दिनुहोस्