Logo

रिया चक्रवर्तीले सुशान्तको बहिनीमाथि मुद्दा हालिन्



एजेन्सी, २३ भाद्र । दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको प्रेमिका रिया चक्रवर्तीले सुशान्तको बहिनीहरु र डाक्टरको विरुद्धमा मुद्दा दर्ता गरेकी छिन् । उनीहरुमाथि रियाले आफुसँग सल्लाह नगरी सुशान्तलाई औषधि दिएको आरोप लगाएकी छिन् ।

रियाले सुशान्तका बहिनीहरु प्रियंका सिंह, मितु सिंह र दिल्लीका डाक्टर तरुण कुमारमाथि मुद्दा दर्ता गराएकी हुन् । उनीहरु विरुद्ध भारतको दण्ड विधान ऐन अन्र्तगत मुम्बईको बान्द्रामा कारवाहीको माग गर्दै प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी छिन् । रियाले दिल्लीको राम मनोहर लोहिया अस्पतालबाट नक्कली औषधिको फर्जी पर्ची बनाएको आरोप उनीहरुमाथि लगाएकी छिन् । सुशान्त मुम्बईमा १४ जुनमा मृत अवस्थामा भेटिएका थिए । हाल सुशान्तको केसमा सीबीआईले अनुसन्धान गरिरहेकोे छ ।



प्रतिक्रिया दिनुहोस्