Logo

कल निक्षेपको ब्याजदर घट्यो, साधारण बचतको भन्दा ५० प्रतिशतमात्र ब्याज दिन पाउने



नेपाल राष्ट्र बैंकले कल निक्षेपको ब्याजदर घटाएको छ। केन्द्रिय बैंकले एकिकृत निर्देशिका २०७७ जारी गर्दै माग तथा अल्प सूचनामा आधारित निक्षेपमा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरको पचास प्रतिशतभन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्यवस्था गरेका हो।

गत आर्थिक वर्षसम्ममा कल निक्षेपमा बचत निक्षेको जति नै ब्याजदर दिन पाइने व्यवस्था थियो। चालु आर्थिक वर्षदेखि केन्द्रिय बैंकले त्यसलाई घटाइदिएको हो।

यस्ता खाताहरुमा चेक जारी गर्न पाइने छैन। कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेप बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत विन्दुसम्म बढाउन सकिनेछ।

त्यस्तै, नक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिनेछ। आगामी महिनाको लागि निक्षेपमा लागु हुने ब्याजदर सम्बन्धी सुचना नेपाली महिना शुरु हुनु पूर्व प्रकाशित गरिसक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।-मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्