Logo

चितवनमा मृत गैडा भेटियो, चोरी शिकारीले मारेको आशंका



भरतपुर २४ भाद्र । चितवन राष्ट्रिय निकुञ्ज भित्र एक गैडा मृत भेटिएको छ । मृत गैँडाको टाउकोमा चोट र ढाडमा चोट भएकाले चोरी शिकारीले गैडा मारेको हुन सक्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले जानकारी दिनुभयो ।

“टाउकोमा गोली लागेको जस्तो चोट भएको र ढाडमा चोट भएको मृत गैडा भेटिएको थियो”, प्रमुख संरक्षण अधिकृत वरालले भन्नुभयो, “गैडा कुहिएको अवस्थामा भएकाले यसै हो भन्न सकिएन । हामीलाई पनि चोरी शिकारीले नै मारेको हुनपर्छ भन्ने आंशका छ ।”

निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने नवललपरासीको आइल्याण्ड क्षेत्र नजिकै पर्ने वादरझुलामा गैँडा मृत भेटिएको हो । नारायणी नदीमा कुहिएको अवस्थामा गैडा भेटिएको थियो । गैडाको शरीरमा गोली भने नभेटिएको बताइन्छ । मृत गैडाको पोष्ट मार्टम गर्ने चिकित्सकहरुले पनि गैडा कुहिइएकाले यसै भन्न नसकिए पनि वाहिरवाट हेर्दा वाह्य चोरी शिकारीले नै गैडा मारेको हुन सक्ने रिपोट निकुञ्जलाई वुझाएका छन् ।

मृत भेटिएको गैडा अन्जाजी २०÷२५ वर्षको भाले भएको बताइन्छ । गैडा मारेर प्रायः चोरी हुने खाग र खुर भने सुरक्षित भेटिएको बताइन्छ । चितवन निकुञ्जमा चोरी शिकारीले विगत चार वर्ष यता कुनै पनि गैडा मार्न सकेका थिएनन् । पछिल्लो पटक २०७३ चैतमा निकुञ्ज भित्र चोरी शिकारीले गैडा मारेका थिए ।

चालु आर्थिक वर्ष २०७७।०७८ मा चितवन निकुञ्जमा अहिलेसम्म यो पछिल्लो सहित चार गैडा मरेका छन् । गत आर्थिक वर्ष २०७६÷०७७ मा निकुञ्जमा २६ वटा गैँडा मरका थिए । मरेका मध्ये कतिपय एक आपसमै जुधेर मरे भने अधिकाश कालगतिले मरेका निकुञ्जसग तथ्याङ्क छ । शंकास्पद चोरी शिकारीले मारेको गैडा भेटिएसगैँ निकुञ्जमा चोरी शिकारी लामो समय पछि सलवलाउन थालेको अनुमान गर्न सकिन्छ ।

प्रमुख संरक्षण अधिकृत वराल मृत गैडा भेटिएसगै निकुञ्जमा अहिले सुरक्षाकर्मी लगाएर स्विप अप्रेशन शुरु गरिएको जानकारी दिनुहुन्छ । “कोरोना सन्त्रासका वेला नियमित गस्ति तथा सुरक्षाका गतिविधि कम भएको अनुमान गरेर पनि होला अहिले चोरहरु सलवलाउन थाले भन्ने लागेको छ हामीले सुरक्षाकालागि विशेष अभियान शुरु गरि सकेका छौ”, उहाँले भन्नुभयो ।
सन् २०१५ को गणना अनुसार नेपालमा ६४५ गैँडा रहेका छन् । यस मध्ये चितवन निकुञ्जमा मात्रै ६०५ गैंडा भेटिएका समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्