Logo

पूर्वपश्चिम विद्युतीय रेलमार्गः चौतर्फी आलोचनापछि विवादित ठेक्का रद्द



काठमाडौं, भदौ २४ । ठेक्का लगाउनुपूर्वका आधारभूत पक्षहरू जग्गा अधिग्रहण, मुआब्जा वितरण, साइट क्लियरेन्सलगायत कार्यसमेत पूरा नगरी रेल विभागले आ≈वान गरेको पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको काँकडभिट्टा–इनरुवा खण्डको ठेक्का अन्ततः रद्द भएको छ ।

सीमित निर्माण व्यवसायीलाई फाइदा पुग्ने गरी आ≈वान गरिएको भन्दै चर्को आलोचना भएपछि रेल विभागले मंगलवार १०६ किलोमीटर ट्र्याकबेड निर्माणको ठेक्का रद्द गरेको हो ।

काँकडभिट्टा–इनरुवा खण्डको ट्र्याकबेड निर्माणका लागि २८ अर्ब रुपैयाँ बराबरको ठेक्का असार १४ र १७ गते आ≈वान गरिएको थियो । विभागले यो ठेक्काका सबै प्रक्रिया रद्द भएको बताएको छ ।

विभागले ठेक्का रद्द गर्नुको आधिकारिक कारण नबताए पनि यस ठेक्काको मूल्यांकन तथा अध्ययनका लागि विभाग मातहत गठन गरिएको मूल्यांकन समिति र त्यसका उपसमितिले दिएको सुझावका आधारमा रद्द गरिएको विभाग स्रोतले बताएको छ ।

कुनै पूर्वतयारी नगरिएको तथा सार्वजनिक खरीद नियमावलीसमेत पालन नगरी आह्वान गरिएको ठेक्काका कारण सरकारको चौतर्फी आलोचना हुन थालेपछि यो ठेक्का रद्द गर्ने निर्णय गरिएको स्रोतले बताएको छ ।

ट्र्याकबेड निर्माणको रेखांकनमा परेका घरजग्गा अधिग्रहण, साइट क्लियरेन्सजस्ता आधारभूत पक्ष पूरा नहुँदै अर्बौंको ठेक्का निर्णय गर्दा राज्यलाई नै बढी दायित्व पर्ने सुझाव समितिले दिएपछि ठेक्का रद्द गरिएको स्रोतको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्