Logo

सुनको मूल्य फेरि बढ्यो



काठमाडौँ २४ भदौ। सुनको मूल्य फेरि बढेको छ । आज (बुधबार) सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।

छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि बुधबार तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३१५ रुपैयाँ पुगेको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्