Logo

कंगना रनौटको बँगला भत्काइएपछि सामाजिक सञ्जालमा ट्रेन्डिङमा



एजेन्सी, २४ भाद्र । बलिउड नायिका कंगना रनौट अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छिन् । उनको मुम्बईस्थित बँगला गैरकानुनी रुपमा जग्गा अतिक्रमण गरी बनाइएको भन्दै भत्काइएपछि लगातार कडा अभिव्यक्तिका कारण चर्चामा आएकी हुन् ।

हिमाञ्चलमा विशेष सुरक्षाका साथ रहेकी कंगनाले मुम्बई पाकिस्तान शासिन काश्मिर जस्तै भएको अभिव्यक्ति दिएकी छिन् । उनले बँगला भत्काइरहेको तस्बिर पोष्ट गरेर आफूले मुम्बई पाकिस्तान अधिनस्थ काश्मिर भनेर ठिक गरेको दोहोर्याएकी छिन् ।

महाराष्ट्रमा सरकार चलाइरहेको शिव सेनासँग विवाद चलेपछि कंगना तारोमा परेकी थिइन् । नगरपालिकाले उनको बँगला भत्काइदिएको छ । त्यसविरुद्ध उनले अदालतमा मुद्दा दायर गर्न लगाएकी छिन् ।

यसअघि कंगनाले आफ्नो बँगलालाई राम मन्दिर भनेकी छिन् । बाबरले भत्काएपनि राम मन्दिर फेरि बन्ने प्रतिक्रिया दिइन् । उनले ट्वीटरमा लेखेकी छिन्ः मणिकर्णिका फ़िल्म्ज़ में पहली फ़िल्म अयोध्या की घोषणा हुई, यह मेरे लिए एक इमारत नहीं राम मंदिर ही है, आज वहाँ बाबर आया है, आज इतिहास फिर खुद को दोहराएगा राम मंदिर फिर टूटेगा मगर याद रख बाबर यह मंदिर फिर बनेगा यह मंदिर फिर बनेगा, जय श्री राम , जय श्री राम , जय श्री राम



प्रतिक्रिया दिनुहोस्