Logo

किन स्थगित भयो कोरोनाविरुद्धको अक्सफोर्ड भ्याक्सिनको परीक्षण



एजेन्सी, २४ भाद्र । कोरोना भाइरसविरुद्ध निकै आशा गरिएको अक्सफोर्ड भ्याक्सिनको मानवीय परीक्षण अचानक स्थगित गरिएको छ । भ्याक्सिन परीक्षणका क्रममा एकजना स्वयंसेवक विरामी परेपछि स्थगित गरिएको हो ।

एस्ट्राजेनेका कम्पनि र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोरोनाविरुद्धको यो भ्याक्सिन निकै प्रभावकारी हुने अपेक्षा गरिएको थियो । विश्वभर भइरहेको भ्याक्सिन परीक्षणको नतिजा निकै नजिकबाट नियाल्ने काम भइरहेको बीबीसीले जनाएको छ ।

भ्याक्सिनको पहिलो र दोस्रो चरणको मानवीय परीक्षण सफल भएको थियो । योसँगै भ्याक्सिनको तेस्रो चरणको परीक्षण शुरु गरिएको थियो । भ्याक्सिनको तेस्रो चरणको मानवीय परीक्षण अमेरिका, बेलायत, ब्राजिल, दक्षिण अफ्रिकामा भइरहेको थियो । यसमा ३० हजार मानिस सहभागी भइरहेका थिए ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्