Logo

जंगलमा लुटपाट गर्ने पक्राउ



काठमाडौं, २४ भाद्र । लुटपाटमा संलग्न रहेको अभियोगमा तीनजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिल तामाङ लगायत ३ जना छन् । उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

शंखरापुर नगरपालिका लप्सेफेदीस्थित जंगलमा करिब २५ हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा सोही नगरपालिकाका तामाङ लगायत ३ जना पक्राउ परेका हुन् । सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेका ४५ वर्षीय ज्ञानेन्द्र प्रसाद खतिवडालाई ४ जनाको समुहले कुटपिट गर्नुका साथै साथमा रहेको उक्त नगद लुटी फरार भएको जानकारी आएपछि महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्