Logo

दुई महिलामाथि बलात्कार गर्ने कर्मचारी



काठमाडौं, २४ भाद्र । दुई महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एकजना कर्मचारी पक्राउ परेका छन् । उनले डरधम्की देखाएर कार्यालयकै अन्य कर्मचारीमाथि बलात्कार गरेको अभियोग छ ।

पक्राउ पर्ने बामदेव सुवेदीले ३१ वर्षीया र ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग छ । पोखरा शान्तिनगरका बामदेव सुवेदीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

बिभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई ती महिलाहरुलाई छुट्टाछुट्टै समयमा जबरजस्ती करणी गरेको सुचना आएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्