Logo

मोटरसाइकलमा लागूऔषध बोक्ने पक्राउ



काठमाडौं, २४ भाद्र । अवैध लागूऔषध सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी मुसहरी टोलबाट नियन्त्रित लागूऔषध ६ सय १६ पिस स्पास्मो, २० पिस नाईट्रोजन र २२ एम्पुल डाइजेपाम सहित सोही गाउँपालिका(४ बस्ने २३ वर्षीय ईक्राबुल मन्सुरी लगायत २ जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैगरी गजुरी मजुवाडाँडास्थित सडकबाट ५ किलो अवैध लागूऔषध गाँजा सहित खोटाङ झाल्टाङका सुमन कार्कीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले प्र–०२–०११ प ४३५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार कार्कीलाई पक्राउ गरेको बताएको छ । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्