Logo

होटलमा तास खेल्ने पक्राउ



प्युठान, २४ भाद्र । तास खेलिरहेको अवस्थामा ६ जना नगदसहित पक्राउ परेका छन् । प्युठान नगरपालिका मित्रमणी चोकस्थित होटलबाट तास खेलिरहेको अवस्थामा नगद ८६ हजार ५ सय रुपैयाँ सहित ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठान र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्