Logo

सहकारीको ५ करोड ६७ लाख रुपैयाँ ठगी गर्ने अभियुक्त पक्राउ



काठमाडौं, २४ भाद्र । सहकारी संस्थाको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा राजकाजी खड्गीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंका खड्गी पक्राउ परेका हुन् ।

उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाव तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई रकम ठगी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर धापाखेलबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको उक्त महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्