काठमाडौं, २४ भदौ । जनता समाजवादी पार्टी, नेपालकी नेतृ तथा सांसद चन्दा चौधरीले जितिया पर्वमा व्रतालु महिलाले निर्जला अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान जीतमाहन गोँसाईको पूजाआजा गरी कठोर व्रत बस्ने परम्पराले महिलाको त्याग, शालिनता, धैर्यताको अलौकिक पर्वको रुपमा रही आएको स्मरण गराउँदै सबैमा शुभकामना व्यक्त गरेकी छिन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले जितिया पर्वको शुभकामना दिएकी हुन् । उनले लेखेकी छिन्,जितिया पर्वको हार्दिक शुभकामना!! ३ दिन सम्म नेपालमा तराइवासी मधेशी महिलाहरूले निष्ठा, विश्वास, भरोसाका साथ परिवार र सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने महान पर्व जितियाको अवसरमा सम्पूर्ण आमा, महिला दिदी, बहिनीहरुलाई शुभकामना दिन चाहन्छु । व्रतालु महिलाले निर्जला अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान जीतमाहन गोँसाईको पूजाआजा गरी कठोर व्रत बस्ने परम्पराले महिलाको त्याग, शालिनता, धैर्यताको अलौकिक पर्वको रुपमा रही आएको छ । जय जितिया पर्व !”