काठमाडौं, २४ । उपत्यकामा आज निषेधाज्ञाको अन्तिम दिन । कोरोना भाइरसको रोकथामका लागि भन्दै सरकारले ३ भाद्रबाट जारी गरेको निषेधाज्ञा २४ भाद्रको मध्यारातिदेखि केही क्षेत्रमा मापदण्ड बनाएर सञ्चालन गर्न र केही क्षेत्र बन्द गरिरहने सूचना जारी गरी अन्त गरेको छ ।
आज अन्तिम दिन पनि निषेधाज्ञामा जनजीवन प्रभावित भयो । मानिसहरु कमै हिंडडुल गरेको देखिए । सवारी साधन पनि कम चलेका थिए । सडक विगत दिनको भन्दा केही व्यस्त भएपनि कमैमा यातायात सञ्चालन भएका थिए ।
तस्बिरहरुः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल