Logo

कोरोना विरुद्धको क्लिनिकल ट्रायलमा रहेको खोप केही समयका लागि स्थगन



काठमाडौं, २५ भाद्र। बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल ट्रायलममा सहभागी एक जनामा गम्भीर रियाक्सन भए पछि यसको अन्तिम क्लिनिकल परीक्षण केही समयका लागि स्थागन गरेको छ ।

सो विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेको सो खोप एक अज्ञात विरामीका कारण केही सयम स्थगन गरिएको र सो कार्य नियमित भएको बीबीसीको समाचारमा उल्लेख छ ।
सो खोपबारे विश्वव्यापी रुपमा निकै अभिरुचीपूर्वक हेरिएको थियो ।

के भन्छन् खोप अनुसन्धानकर्ता

अन्तराष्ट्रिय स्तरमा बिभिन्न देशहरुमा भएको परीक्षण अहिलेलाई रोकिएको र एक स्वतन्त्र अनुसन्धान समूहले सबै सुरक्षा सूचनाहरुको समीक्षा गरेर परीक्षण पुन सुरु गर्ने नगर्ने निर्णय नगरेसम्मका लागि स्थगन गरिएको समाचारमा जनाइएको छ ।

धेरै ठूलो परिणाममा गरिएको परीक्षण कारणबस कोही विरामी हुन सक्छ तर यसलाई होसियारीपूर्वक जाँच गर्न स्वातन्त्र रुपमा समीक्षा हुनु जरुरी छ ।अक्सफोर्डले कोरोना विरुद्धको खोपको परीक्षण स्थागन गरेको यो दोस्रो पटका हो र यस प्रकारको ठूलो परीक्षणमा यस्तो हुन सामान्य भएको र विरामी हुनुको कारण थाह नभए पछि कुनै पनि बेला परीक्षणमा सहभागी स्वयंसेवक अस्पताल भर्ना हुन सक्छन् । यो समाचार आजको गोरखापत्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्