Logo

कोरोना संकटमा मानसिक स्वास्थ्यको कसरी ख्याल गर्ने ?



काठमाडौं, २५ भाद्र । कोरोना भाइरसको महामारीसँगै नेपालमा आत्महत्या गर्नेको दर ३० प्रतिशतसम्म बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्य समस्या बढ्दै गएर आत्महत्या निम्तिएको भन्दै मन्त्रालयले मानसिक स्वास्थ्यको विशेष हेरचाह गर्न अनुरोध गरेको छ।

सन् २०१९ मा गरिएको एक अध्ययनका अनुसार नेपाल दक्षिण एसियामै दोश्रो धैरे आत्महत्या गर्ने देशमा पर्छ। कोरोना भाइरसको महामारीसँगै नेपालमा आत्महत्या गर्नेको संख्या २० देखि ३० प्रतिशतले बढेको पाइएको छु, मन्त्रालयको १७० औं मिडिया व्रिफिङमा बोल्दै प्रवक्ता जागेश्वर गौतमले भने, ुकोरोना सक्रमण बढेसँगै धेरै जनामा मानसिक समस्या बढेका सूचना धेरै माध्यमबाट प्राप्त भैराखेका छन्।

उनले जुलाई २०२० मा भएको एक अध्ययन अनुसार करिब ६१ प्रतिशतले कोरोना माहामारीका कारण जिविकोपार्जनका उपाय गुमाएको बताए। १३ प्रतिशतले बालबालिका उपचार गर्न जाँदा समस्या परेको र १० प्रतिशतले आफ्नो बालकबालिका रिसाउने, झर्को मान्नेर उदास हुने गरेको बताएका कुरा उल्लेख गर्दै उनले भने, विद्यार्थीहरूलाई लामो समयसम्म शैक्षिक संस्था बन्द हुँदा भविष्य के हुने हो भन्ने पिरलो पनि छ। धेरै दिन घरैभित्रै बिना भेटघाट बस्नु परेर पनि बालबालिका, युवायुवती र किशोरकिशोरीलाई मानसिक पीडा छ।

बालबालिका, किशोरकिशोरी तथा युवायुवती अभिभावकभन्दा पनि आफ्ना साथीसँग नजिक हुने र उनीहरुसँगै आफ्नो दुःख, पीडा साटासाट गरी रमाउन मन पराउने वर्ग भएको उनले बताए। लामो समयसम्म साथी भाइग भेट्न नपाउँदा अनिस्चितताले थप मानसिक तनाव निम्तिने हुँदा साथीको सम्पर्कमा आउने कार्य गर्न उनले सुझाए।

आफूमा सकारात्मक भावना जगाउने र हरेक रातपछि उज्याला दिन आउँछ भन्ने विश्वाश जगाउने क्षमता हामी भित्र नै हुन्छ भन्दै उनले यसलाई हामीले निरन्तर खोज्ने र सकरात्म बन्ने प्रयास गर्नुपर्ने बताए। हरेक जीवन उत्तिकै अमुल्य छ। हरेकलाई बाच्ने र बचाउने अधिकार र कर्तव्य हामीमा छ। त्यसैले नै तपाईं हामी कोरोना विरुद्धको लडाईंमा एकबद्ध छौँ, प्रवक्ता देवकोटाले भने, अहिलेको यो कठिन परिस्थितिमा एकअर्कालाई खुलेर मद्दत गर्न अनुरोध गर्दछु। मद्दत गर्ने मानवता देखाउने अवसर पनि सधैं आउँदैन।

आत्महत्या गर्नेले आफ्नो घरपरिवार, आफन्त, साथी र छिमेकीलाई पूर्व संकेत दिने बताउँदै उनले भने, कसैले आत्महत्या गर्ने संकेत दिएमा त्यसलाई हामीले मजाकमा लिनुहुँदैन। सो व्यक्तिलाई पर्याप्त समय दिनुहोस्। उनको कुरा सुन्नुहोस्। अनलाइन वा फोनको माध्यमबाट भए पनि कुराकानी गर्नुहोस्। बाँच्नका लागि उत्प्रेरणा दिनुहोस्। एउटा समस्या आउँदैमा जिन्दगी अँध्यारो नहुने बताउँदै आवश्यक परेमा मनोचिकित्सकसँग सम्पर्क गराइ परार्मश र औषधी गर्न मद्दत गर्न उनले सुझाव दिए।

महामारीले धैरै सामाजिक, मानसिक समस्याहरू ल्याउन सक्ने कोरोना संक्रमण रोकथामका लागि जनस्वास्थ्यका तीन उपायहरू एस एम एसु अर्थात एक ब्यक्ति र अर्को ब्यक्तिबीच कम्तिमा २ मिटरको दूरी, बाहिर निस्कँदा अनिवार्य मास्कको उचित प्रयोग र बेलाबेलामा २० सेकेण्डसम्म साबुन पानीले हात धुने गर्न उनले अनुरोध गरेको समाचार आजको अन्नपुर्ण पोस्टले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्