पोखरा, भदौ २५ । गण्डकी प्रदेशमा विहिबार ४९ जना कोरोना संक्रमित थपिएका छन् ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा ४९ जनामा संक्रमण देखिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार स्याङ्जाका १२ जना, कास्कीका १९ जना, नवलपरासी (सुस्तापूर्व)का पाँच जना र तनहुँका तीन जनामा संक्रमण पुष्टि भएको हो ।