Logo

सुनको मूल्यमा निरन्तर वृद्धि, तोलामा ४०० रुपैयाँले बढ्यो



काठमाडौँ २५ भदौ। सुनको मूल्य वृद्धिले बिहीबार पनि निरन्तरता पाएको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२५ रुपैयाँ निर्धारण गरिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्