Logo

तीन किशोरद्वारा खोल्सामा लगी बालिकामाथि बलात्कार



सुर्खेत, २५ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा तीनजना किशोर पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पंचपुरी नगरपालिकाका १७ वर्षीय, १५ वर्षीय र १५ वर्षीय ३ जना किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पंचपुरी नगरपालिका बिध्यापुरस्थित बिध्यापुर स्वस्तिक कटेज नजिकको खोल्सामा ती बालिकालाई जबरजस्ती करणी गरेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौर र प्रहरी चौकी बिध्यापुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्