Logo

काठमाडौं उपत्यकामा एकैदिन ५७२ संक्रमित



काठमाडौं, २५ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ५  सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२  सय  ४६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ५ सय ७२ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  ११ हजार १ सय    ४४ जनाको पिसीआर परिक्षणमा १२  सय  ४६ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १८ सय १८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ३५  हजार ७  सय   रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ४९५ जना र ललितपुरका ४३ जना र भक्तपुरका  ३४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  ५० हजार  ४ सय ६५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्