Logo

रिया चक्रवर्तीले जमानतको लागि मुद्दा हालिन्



एजेन्सी, २५ भाद्र । बलिउड नायक सुशान्त सिंह राजदुतको निधनसँग जोडिएको मादक पद्धार्थ सम्बन्धि अभियोगमा गिरफ्तार अभिनेत्री रिया चक्रवर्तीले बुधबार मुम्बईको एक सत्र अदालतमा जमानत मुद्दा दायर गरेकी छिन् । आज यस विषयमा अदालतले सुनुवाई गर्नेछ । मादक पदार्थ नियन्त्रण ब्युरोले रियालाई गिरफ्तार गरेको थियो । मंगलवार मजिस्ट्रेट अदालतले उनको जमानत अस्विकार गरेको थियो । त्यसपछि रियाले जमानतको लागि दोस्रो पटक प्रयास गरेकी हुन् ।

रियाका वकिल सतीशद्धारा दायर गरिएको मुद्दामा २८ वर्षिया नायिका रियालाई निर्दोष दाबी गरिएको छ । मुद्दामा रिया अपराधी नभएको र फसाइएको बताइएको छ । एनसीबीले ३ दिनको सोधपुछ पछि उनलाई गिरफ्तार गरेको थियो । उनलाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा राख्नेछ ।

रियालाई दक्षिण मुम्बई स्थित कार्यालयबाट भायकुला जेलमा लगिएको छ । रियाको भाई शोविक, सुशान्तका प्रबन्धक सामुअल, निजी कर्मचारी सावन्त र मादक पदार्थ कारोवारी जैद विलात्रा र बब्दुल बासित हिरासतमा छन् । शोविक र सामुअलको लागि पनि जमानतको मुद्दा दायर भएको छ उनीहरुको आज नै अदालतमा सुनुवाई हुनेछ ।



प्रतिक्रिया दिनुहोस्