Logo

कंगना रनौटको अफिसपछि मनीष मल्होत्राको अफिसमा नजर



एजेन्सी, २५ भाद्र । बलिउड कलाकार कंगना रनौटको अफिस अबैध निर्माण भएको भन्दै तोडफोड गरेपछि बृहन्मुम्बई नगर निगम (बीएमसी)को नजर फेमस फेशन डिजाइनर मनीष मल्होत्राको अफिसमा परेको छ । मनीष मल्होत्राको अफिस पनि मुम्बईको पाली हिलमा अवस्थित छ । जहाँ कंगनाको अफिस छ । बीएमसीले मनीष मल्होत्राको अफिसलाई अनाधिकृत निर्माण गरेको कारण देखाउँदै सुचना जारी गरेको छ ।

बुधवार कंगनाको अफिसमा तोडफोड गरेको थियो । अफिस तोडफोड गर्दा कंगना भने मुम्बईमा थिइनन् । तोडफोड गर्नु पुर्व बीएमसीले कंगनाको अफिसमा अवैध रुपमा भवन भएको भन्दै भत्काउन सुचना जारी गरेको थियो । बीएमसीलाई बंगला तोडफोड तत्काल रोक्न उच्च अदालतले आदेश दिएको थियो । उच्च अदालतले कंगनाको भवन भत्काउने कार्य अगाडी बढाएकोमा जवाफ मागेको छ ।

कंगना बीएमसीको यस कारवाहीलाई लिएर धेरै भड्कीदै छिन् र उनले शिवसेनामाथि तोकेर नै पोस्ट गर्दै आएकी छिन् । कंगनाले अफिस भित्र तोडफोड गरिएको भिडियो सार्वजनिक गर्दै डेथ अफ डेमोक्रेसी लेखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्