Logo

सुनको मूल्यमा ३०० रुपैयाँले गिरावट



भदौ २६ गते: शुक्रबार सुन तथा चाँदीको मूल्य फेरि घटेको छ। बिहीबार र शुक्रबार बढको सुनको मूल्य शुक्रबार तोलामा ३०० रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार छापावाला सुन प्रतितोला ९६ हजार ५०० र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ छ।

यसैगरी चाँदीको मूल्य पनि शुक्रबार तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। यस अघि बुधबार चाँदी यसै मूल्यमा कारोबार भएको थियो। बुधबार र बिहीबार भने सुनको मूल्य उकालो लागेको थियो।

अन्तरराष्ट्रिय बजारमा पनि शुक्रबार सुन चाँदीको मूल्य घटेको छ। विगत केहि समयदेखि सुन चाँदीको भाउमा उतारचढाव देखिएको हो । कोरोना भ्याक्सिनको सफलताको चर्चा चुलिएसँगै विश्वका विभिन्न देशहरुमा लकडाउन पनि खुलेका कारण पनि सुनको मूल्य घटेको बताइएको छ । अन्तररराष्ट्रिय बजारमा आज सुनको भाउ प्रति अउन्स तीन डलर भन्दा बढि घटेर एक हजार ९४१ डलरमा खरिदबिक्री भएको छ ।-मेरोलागानी/File Photo



प्रतिक्रिया दिनुहोस्