Logo

नेकपा स्थायी कमिटी बैठक सम्पन्न, अध्यक्षद्धयको प्रस्ताव सर्वसम्मतीले पारित



काठमाडौं, २६ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार बैठक आज साँझ ४ बजेर ५ मिनेटमा सकिएको छ । आजको बैठकमा अध्यक्षद्धय ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव सर्वसम्मतीले पारित भएको छ । थापाले बैठक उत्साहका साथ सम्पन्न भएको जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्,‘अध्यक्षद्वयद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गर्दै पार्टी स्थायी कमिटीको बैठक आज बेलुका ४:०५ बजे उत्साहका साथ सम्पन्न भएको छ ।असार १० गते शुरूभएकाे याे बैठकले अनेक माेड र घुम्ती पार गरेर निष्कर्षमा एकता, समझदारी र सर्वसम्मति कायम गरेकाे छ । अध्यक्षद्वयकाे सल्लाह, सहमति र निष्कर्षअनुरूप नै पार्टी यस नयाँ सहमतिमा अघि बढ्न संभव भएकाे छ ।सबैलाई बधाई छ ।’



प्रतिक्रिया दिनुहोस्