Logo

श्रीमतीलाई सम्बन्ध जोड्न लगाएर ‘युवक’ अपहरण



काभ्रे, २७ भाद्र । आफ्नै श्रीमतीहरुलाई अरु केटाहरुसँग कुरा गराएर यौन सम्पर्कका लागि तयार भए पछि रकम बार्गेनिङ्ग गर्ने र रकम नदिए अपहरण गरी मारिदिने योजनामा संलग्न भएको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ भने दुई जना फरार भएका छन् । पैसाका लागि मान्छेले के सम्म गर्ने रहेछ भन्ने उदाहरण बनेको छ यो घटना ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ परेका ब्यक्तिहरुलाई अपहरण तथा शरिर बन्धक सम्वन्धी मुद्दा दर्ता गरेको प्रहरी प्रमुख एसपी रवि पौडेलले बताउनु भयो । ‘प्रहरीले प्राप्त गरेको सूचनाका आधारमा अपहरणमा परेका युवकको उद्धार र अपहरणमा संलग्नलाई पक्राउ गर्न सफल भयो’–प्रहरी प्रमुख एसपी रवि पौडेलले बताउनु भयो–‘पक्राउ परेका ब्यक्तिहरु यस अघि पनि यस्तो कार्यमा संलग्न हुने गरेको प्रारम्भिक बयानबाट खुलेको छ ।’

प्रहरी प्रवक्ता डिएस्पी कुमार विक्रम थापाका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका १८ बर्षिय आकाश परियार उनकै श्रीमती २१ बर्षिया सविना तामाङ परियार र रोशी गाउँपालिका वडा नम्वर १२ भिमखोरी माईती भई बनेपामा डेरा गरी बस्ने उमा परियार रहेका छन् । उमाका श्रीमान र भाई फरार छन् । घटनाको अनुसन्धान शुरु गरिएको डिएस्पी कुमार विक्रम थापाले जानकारी दिनु भयो ।

२०७७ भदौ २४ गते राति ९ बजेको समयमा पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका २२ बर्षिय राजकुमार दनुवारलाई धुलिखेल नगरपालिका ४ स्थित २८ किलोमा डेरा लिएर बस्ने ३र४ जना युवाहरुको समुहले अपहरण गरेको सूचना प्रहरीले प्राप्त गर्‍यो । प्रहरी अपहरणकारी पक्राउ गर्न र अपहरणमा परेका युवकलाई उद्दार गर्न खटियो । ५० हजार रुपैया माग गर्ने उक्त समुह राति फरार भयो तर अपरहणमा पर्ने राजकुमारको उद्दार भयो । प्रहरीले उनलाई आफ्नो नियन्त्रणमा राखेर अनुसन्धान शुरु गर्‍यो ।

श्रीमानहरुकै योजनानामा उमा र सविनाले यस्तै काम गर्न थालेको केहि महिना भई सकेको छ । राजकुमार र सविनाको मोवाईलबाट चिनजान भएको थियो । मोवाईलमा च्याट गर्दा गर्दै शारिरिक सम्वन्ध राख्ने प्रस्ताव सविनाले राजकुमारलाई गरिन् । राजकुमार तयार भए । भाद्र २४ गते दिउसो राजकुमार घरबाट बनेपा आए । उनिहरुले अरनिको राजमार्गको २८ किलोमा बोलाए । सविना र राजकुमार बीच शुरुमै पैसाको बार्गेनिङ्ग भयो । उसले १० हजार साथमा भएको र काम सकिए पछि त्यहि दिने बताएका थिए । अरनिको राजमार्गको २८ किलोबाट उमा र सविना राजकुमारसँगै बुडोल माथी रहेको जंगलमा पुगे । जंगलमा पुगेपछि उमालाई कुर्न लगाईयो । यो खबर आजको समाचार पत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्