काठमाडौं, २७ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कमजोर नभएको जिकिर गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले अध्यक्षद्धय केपी शर्मा ओली र दाहालबीच समझदारी भएको र एक–अर्का सहमतिका आधारमा अघि बढ्ने विश्वास दिलाउँदै एक जना अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीको नेतृत्व गर्ने स्पष्ट पारे ।