Logo

गएको वर्ष बनाएको नाला यस वर्ष भत्काइँदै



वीरगंज, २७ भदौ । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको भिस्वामा गत वर्ष बनाएको नाला यस वर्ष भत्काइँदैछ । सो नालाको कारण अहिले दजनौ घरहरू डुबानमा परेपछि नाला भत्काइएको वडाध्यक्ष मौजीलाल साहले जानकारी दिएका छन् ।
घरको झ्यालसम्मको उचाईमा बनाएको नालाले पानी छेकेपछि घरहरु डुबानमा परेको स्थानीयवासीले बताए । गाउँलेसंग छलफल नै नगरी गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले एकल निर्णय गरी गत वर्ष सो नाला निर्माण गरिएको थियो । नाला निर्माणको क्रममा गाउँलेहरुले विरोध गरेका थिए तर पनि गापा अध्यक्ष गुप्ताले बजेट सिध्याउन त्यतिखेर नाला निर्माण कार्य सम्पन्न गरे जसले गर्दा यस वर्ष सो नालाको कारण गाउँ डुबानमा परेको छ ।
सो सडकखण्ड प्रदेश सरकारले निर्माण गर्दैछ जुन चालू आर्थिक वर्षमा सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको छ । स्थानीयहरूले सडक निर्माणपछि आवश्यक्ता अनुसार नाला निर्माण गर्न त्यतिखेर सुझाव दिएपनि गापा अध्यक्ष्Fले बल प्रयोग गरेर नाला निर्माण गराएका थिए । यसबारेमा गाउँपालिका अध्यक्ष मनोज गुप्ताले गाउँलेहरूको घर डुबानमा परेको सामूहिक निवेदन दर्ता भएपछि नालाको उँचाइ छोटो गर्न लागेको जानकारी दिए । नाला निर्माणमा उँचाइ बढी भएकोले छोटो बनाउन लागेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्