Logo

गत असोजदेखिको तबल नपाएपछि निजी विद्यालयका शिक्षक आन्दोलित



महेन्द्रनगर, २९ भाद्र । कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षक लामो समयदेखि पारिश्रमिक नपाएपछि आन्दोलित भएका छन्। निजी विद्यालयका शिक्षकहरु विद्यालय सञ्चालकहरुले लकडाउनको बाहानामा पारिश्रमिक नदिएको भन्दै आइतबार भीमदत्तनगरपालिकामा धर्ना दिएका छन्।

पारिश्रमिक पाउनुपर्ने माग राख्दै पटक पटक सम्बन्धित निकायसँग हारगुहार गरे पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ। संस्थागत विद्यालयका शिक्षकको संगठन ुसंस्थागत विद्यालय शिक्षक युनियनुले गत बिहिबार कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा लगाएको ताला नगरपालिकाले बिना जानकारी तोडेपछि उनीहरु नगरपालिकाको मुल गेटमा धर्ना दिएका हुन्। पारिश्रमिकका लागि पटक पटक सम्बन्धित निकायसँग हारगुहार गर्दा समेत सुनुवाइ नभएको शिक्षक नरेन्द्र सिंह भण्डारीले बताए। उनले केही विद्यालयले गत शैक्षिकशस्त्रको समेत तलब नदिएको बताए।

कोरोना भाइरसका कारण चैत्रदेखि विद्यालय बन्द भयो। त्यो भन्दा अगाडि गत असोजदेखिको तलब दिएको छैनु, भण्डारीले भने, निजी विद्यालयले शिक्षकको श्रमशोषण गरेको छ। तलब माग गर्दा विद्यालय सञ्चालकले हामीसँग पैसा छैन जेजे गनुर्स गनुर्स भन्छन्।

संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष चन्द्र धामीले सम्बन्धित निकायमा पटक पटक ताकेता गर्दा समेत शिक्षकहरुको मागको सम्बोधन गर्नुको साटो बिना छ्लफल र जानकारी बिना शिक्षकहरुले लगाएको ताला तोडेकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए। हामीले पाउनुपर्ने पारिश्रमिक पाउनुपर्छ। यहाँ निजी विद्यालयहरुले शिक्षकहरुको श्रमशोषण गरिरहेका छन्, उनले भने, हामीले पाउनुपर्ने पारिश्रमिक नपाएपछि थप आन्दोलनका कार्यक्रम अगाडि बडढाउँछौं।

भीमदत्तनगरपालिकाले भने शिक्षकहरुको माग सम्बोधनका लागि नगरका सबै निजी विद्यालयहरुलाई पत्र पठाइसकेको जनाएको छ। यता विद्यालय सञ्चालकले विद्यालयले शुल्क उठाउन नपाएपछि शिक्षकलाई तलब दिन नसकिएको बताएका छन्। प्यावसन कञ्चनपुरका अध्यक्ष महाशर्मा न्यौपानेले केन्द्रीय तहमा प्याबसन एनप्यावसन र शिक्षहरुसँग सरकारको मातहतमा भएको छलफलले चैत्रसम्मको तबल उपलब्ध गराउने र बैशाख यताको व्यवहारिक हिसाबले भुक्तानी गर्ने सहमती भएको बताएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्