Logo

किशोरी बलात्कृत गर्ने युवक पक्राउ



काठमाडौं, २९ भाद्र । किशोरी बलात्कारका अभियुक्त पक्राउ परेका छन् । ओखलढुंगामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका सल्लेरीका राजु तामाङ पक्राउ परेका हुन् ।

तामाङले बुधबार ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी केतुकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्