Logo

बामदेव गौतम राष्ट्रियसभा सदस्यका लागि सिफारिश



काठमाडौं, २९ भाद्र । सरकारले नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम सिफारिश गर्ने निर्णय गरेको हो ।

सरकारका एक मन्त्रीका अनुसार गौतमको नाम सिफारिश गर्ने निर्णय भएको हो । अब उनको नाम राष्ट्रपतिले सिफारिश गरेपछि मनोनित सांसदका रुपमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबाट सपथ लिनुपर्ने हुन्छ ।

गौतमलाई केही महिना अघि नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा मनोनित सांसद बनाउने निर्णय गरेको थियो । यसको कार्यान्वयन नभएपछि नेकपाभित्र दबाब बढेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि उनको नाम राष्ट्रियसभा सांसदका रुपमा सिफारिश गर्ने पार्टी निर्णय कार्यान्वयन गर्ने जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्