मिरा शाह-पोषण बिज्ञ : नेपालमा नसर्ने रोगहरुको बिगबिगी दिनदिनै बढेको पाइएको छ । त्यसमध्ये दमको रोग उच्च स्थानमा रहेको छ । प्रत्येक दशजना नेपालिमा एकजना दमको बिरामी देखापरेको छ । दमलाइ अंग्रेजी भाषामा (सिओपिडि ) अर्थाथ क्रोनिक अब्सटरकटिव पल्मोनरि डिजिज भनिन्छ भने बालबालिकामा दमलाई ब्रोङ्काइटिस आज्मा भनिन्छ । जाडो महिना ज्येष्ठ नागरिकका लागी झन भनौँ दम रोगीका लागी अति नै चुनौतीपूर्ण महिना रहेको छ । यो छाती, फोक्सोसम्बन्धी रोग हो। दम धुम्रपान गर्नै व्यक्ति , धूलो-धुवाँ, कलकारखाना आदिमा बढी समय बिताउनेमा बढी देखिन्छ । गाउँघरतिर महिलाहरू जो दाउरा, झारपात आदि खाना पकाउनाले पनि दम हुनसक्छ । दम रोग अकाल मृत्युको दोस्रो प्रमुख कारण हो। नेपाल स्वास्थ अनुसन्धान परिषद्कको अध्ययन अनुसार नेपालिमा ११ दशमलब ७ प्रतिशत दम रोगी देखिएको छ । जसमध्ये १२ दशमलब ६ प्रतिशत पुरुष र ११ प्रतिशत महिला रहेको छ । नेपाल सरकारले यस सम्बन्धि सचेतनामूलक कार्यक्रम , उपयोगी जानकारी आदि गराउनु पर्छ । दमले मुटु सम्बन्धि रोग, फोक्सोको क्यान्सर , डिप्रेशन, पिर चिन्ता, आदि रोगहरु निम्त्याउने गर्दछन् ।
# दम रोगप्रति भ्रम
प्राय: धेरैजसोको भनाइमा ध्रुमपान गर्नैलाइ मात्र दम हुने, आदि बुझाइ छन्, जुन गलत हो। एकचोटि दम भएमा जीवनभरी औषधिको सेवन गर्नु पर्नेछ त्यो नि सही होइनन् । श्वाँ-श्वाँ हुनु बुढेसकालमा सबैलाइ हुने हो, त्यो नि सही होइनन् । दमसँगै अरु रोग नि हुनसक्छ त्यो पनि बुझ्नुपर्छ । इन्हेलर एकचोटि प्रयोग गर्दा यसको बानि पर्छ त्यो नि होइन, एकचोटि बिरामी आफै चिकित्सकको प्रत्यक्ष भेटेर आबश्यक सुझाव लिनु उचित हुन्छ ।
#दम रोगका केही लक्षणहरु:
श्वाँ-श्वाँ हुनु, श्वाँस फेर्न गार्हो हुनु, छाति भारी हुनु, भर्याङ्ग तलमाथि गर्दा गाह्रो हुनु, अलि हिँड्दा नि स्वास फुल्नु, छाति दुख्नु, पोल्नु, घाँटी खस-खस हुनु, घ्यार घ्यार हुनु, थकाइ लाग्नु, कफ, खोकि लागि रहनु, खकार आउनु, कमजोरी हुने, छाति भारी हुने, मोटो हुने, वा दुब्लाउदै जाने।
दमको बिरामीलाइ कस्तो पोशिलो तत्वको आबश्यकता हुन्छन् । उचित खानपानले दमको रोगीलाइ स्वास्थ्यमा सूधार ल्याउन सहयोग पुर्याउन मद्दत गर्दछन् । सन्तुलित आहार , मेडिटेररान डाइट, उच्च प्रोटिन आदिको प्रयोग गर्नैपर्छ । बिरामीको उमेर, रहनसहन, खानपान्, रुचि, ब्याबसाय आदि हेरेर आहार तालिका बनाउनुपर्ने हुन्छ । कार्बोहाइडरेट, हाम्रो शरिरको लागी अति नै आब्श्यक पोषक तत्व हो।उचित मात्रामा , बिरामीलाइ चाहिने मात्रामा दिनुपर्छ । यसको स्रोतहरुमा अन्न , ओटस, पाउरोटि, चिउरा, जौ, फापर्, मकै , कोदो, ज्वार्, कोदो, गहुँ आदि हुन ।
भिटामिन= मौसम अनुसारको सबै प्रकारको फलफूल तथा तरकारी , सागपात्, अमिलो फलफूल , सुन्तला , मौसम्, जुनार्, अम्बा , नासपाति, आदिको सेबन गर्नुपर्छ , काउलि, बन्दा , फर्सि, मुला, रायो, चम्सुर्, तोरी साग्, आदि मौसमी तरकारीहरु प्रयोग गर्नुपर्छ । कतिपय दमको बिरामीले फलफूल खानु हुन्न , चिसो हुन्छन् भन्नुहुन्छ , तर त्यो सही होइन , किनभने फलफूलमा बिभिन्न प्रकारको पोषक तत्व तथा भिटामिन, खनिज तत्व आदि पाइने भएकोले मौसम अनूसारको फलफूलहरु सेवन गर्नुपर्ने हुन्छ ।
प्रोटिन, = यो दुइ प्रकारको स्रोतबाट प्राप्त गर्न सकिन्छ , वनस्पति तथा जनाबर स्रोत्, माछा, मासु, अण्डा , तथा दूध , दहि, मोहि, पनीर्, सोयाबिन्, केराउ, चना, भटमास , लिटो, सातु, बदाम्, काजु, आदि आब्सयक्ता अनुसार प्रयोग गर्नुपर्छ ।
चिल्लो पदार्थ : वनस्पति स्रोत बाट प्रशोधन गरिएको तेलहरु, तोरि, नरिवल, सुर्यमुखि, तेल, तिल आलस, ओखर, बदाम, नौनि, आदि आवश्यकत्ताअनुसार प्रयोगमा ल्याउनुपर्छ ।
जीवनशैली परिबर्तन्, तथा स्वस्थ रहने केही उपाय :
सधैं, नियमित आफूलाइ जे शारिरिक अभ्यास गर्न सहज हुन्छन् गर्नुपर्छ , साथै जाडो महिनामा एका बिहानै हिँडडुल गर्नु भन्दा घाम भएको बेला मात्रै राम्रो हुन्छ । सकरात्मक सोचाइ , सधैं खुसी वस्ने, समुहमा पनि समय बिताउने, आफ्नो उमेर भएको वा घर परिबारका सदस्य संग आफ्नो कुरा राख्ने। सक्रिय जिबन बिताउने, जब सम्म आफू हिँडडुल गर्न सक्ने हो, आफ्नो दिनचर्यामा ध्यान दिने, नकारात्मक सोच र त्यस्तो व्यक्तिसंग टाढै बस्नुपर्ने हुन्छ। नियमित्, स्वस्थ परिक्षन गराउने , औषधिको सेबन चिकित्सकको सल्लाह बमोजिम मात्र सेबन गर्नुपर्छ । बीचमा औषधि कहिले छाडनु भएन। नियमित चिकित्सकको परामर्श र औषधि सेबनले दमको रोग ठीक हुन सक्छन् । जाडो महिनामा शरिरको तापक्रम सन्तुलनमा राख्नु एक्दमै जरुरी हुन्छ ।
किर्तिपुर बर्न तथा क्लेफ्ट अस्पताल/नेपाल नेशनल अस्पताल/ (मार्क इन्टरनेशनल कीडनि सेनटर)