पोखरा, भदौ ३० । चैत ११ मा लकडाउन सुरु भएसँगै पोखरा खानेपानी सुधार आयोजनाको काम पनि रोकियो । काम गत महिनादेखि पुनः सुरु भए पनि निकै धिमा गतिमा चलेको छ ।
लकडाउनअघि भएको कामको तुलनामा अहिले १० प्रतिशत मजदुरले मात्रै काम पाएको खानेपानी संस्थानले बताएको छ । त्यतिबेला दैनिक पाँच सय कामदार खटिन्थे ।
लकडाउन भएसँगै आयोजनाका मुख्य जिम्मेवार जापानी कन्सलटेन्ट टोली चार्टर्ड प्लेनमा जापान फर्किएका थिए । उनीहरू अझै काममा फर्किएका छैनन् । त्यसैले थोरै जनशक्तिबाट मात्र काम भइरहेको खानेपानी संस्थान पोखराका शाखाका सहायक इन्जिनियर सन्तोषकुमार दासले बताए ।
उनका अनुसार जापानमा रहेका कन्सलटेन्टलाई नेपाल फर्कन सहज हुने गरी भिसाका लागि सहजीकरण गर्न खानेपानी मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको आजको अन्नपूर्णपोस्ट् दैनिकमा खवर छ ।