Logo

चटयाङ लागेर एकजनाको मृत्यु, एकजना घाइते



वीरगंज, ३० भदौ ।  चटयाङ लागेर बारामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको छ ।  मंगलवार बिहान चटयाङ लागेर बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ निवासी ४० वर्षीय धर्मप्रसाद राय चौधरीको मृत्यु भएको छ भने २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् ।

दुधौरा खोलामा टायरगाडामा बालुवा लोड गरिरहेका चौधरीलाई चटयाङ लागेपछि डुमरवाना पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको अस्थायी प्रहरी पोष्ट डुमरवानाले जनाएको छ ।
यसैगरी तेतर माझी पनि बालुवा लोड गरिरहेकोमा चटयाङ लाग्दा घाइते भएपछि सोही क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रनाउ गौतम मिश्रले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्