कास्की, ३० भाद्र । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी केशबहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रुपा गाउँपालिका देउरालीका गुरुङ पक्राउ परेका हुन् ।
दण्डहिनता विरुद्धको अभियान अन्तर्गत उच्च अदालत पाटनको २०७६ चैत १० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिकाबाट पक्राउ गरेको जनाएको छ ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।