एजेन्सी, ३१ भाद्र । सेलिब्रिटी किम कारडासियनसहित केहीले सामाजिक सञ्जाल फ्रिज गर्दैछन् । उनीहरुले बुधबारबाट २४ घन्टा सामाजिक सञ्जाल फ्रिज गर्ने भएका हुन् ।
सामाजिक सञ्जालमा घृणा, प्रोपोगान्डा र गलत सुचना फैलाउने क्रम बढेको विरोधमा सेलिब्रिटीहरुले सामाजिक सञ्जाल फ्रिज गर्ने भएका हुन् । सामाजिक सञ्जाल एक दिनका लागि फ्रिज गर्न तयार भएकामा हलिउड नायक लियोनार्डो डिकाप्रियो, सच्चा बारोन कोहन, जेनिफर लरेन्सलगायत छन् ।
सेलिब्रिटीहरुले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल फ्रिज गर्ने भएका हुन् ।