Logo

बलात्कार गरेको अभियोगमा पक्राउ



काठमाडौं, ३१ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा सोमनाथ गौतम समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिकाका गौतम समेत ४ जना पक्राउ परेका हुन् । ती महिलालाई उनीहरुले जबरजस्ती करणी गरेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यसैगरी उदयपुरमा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका पुरानो गाईघाटका सूर्य बिश्वकर्मा मंगलबार दिउँसो पक्राउ परेका छन् । विश्वकर्माले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्