Logo

ओली-दाहाल भेटवार्ता, शुक्रबार पेरिसडाँडामा सचिवालय बैठक बस्ने



काठमाडौं, ३१ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटवार्ताले पार्टीको सचिवालय बैठक तय गरेको छ । यही आउने शुक्रबार सचिवालय बैठक बस्ने निधो भएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनकाअनुसार सचिवालय बैठक पहिलोपटक तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय रहेको पेरिसडाँडामा बस्नेछ । आजको अध्यक्षद्धयको भेटवार्तामा महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङपनि सहभागी थिए । file photo



प्रतिक्रिया दिनुहोस्