Logo

खोप तत्काल आउँदैन आफै सचेत हुनुपर्छः मन्त्री पोखरेल



काठमाडौं, १ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले तत्काल कोभिड–१९ को भ्याक्सिन आइहाल्ने अवस्था नभएकोलो नागरिक आफै सचेत हुनुपर्ने बताउनुभएको छ । एक अर्काबीच भौतिक र व्ययक्तिक दुरी कायम गरी स्वाथ्य मापदण्ड पुरा गरे कोरोनालाई सजिलै जित्न सक्ने उहाको धारणा छ ।

आठौ विज्ञान दिवसको अवसरमा विपि कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले आयोजना गरेको कार्यक्रममा उहाले स्वथ्य गुणस्तरको लागि विज्ञान आवश्यक रहेको बताउनुभएको छ ।विज्ञानको सहयोगमा मात्र रुढीग्रस्त समाजलाई परिवर्तन गर्न सक्ने उल्लेख गर्दै उहाले त्यसकै लागि सरकारले विज्ञानसंगै वैज्ञानिकलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

भन्नुभयो–अहिले नेपालभर ९० हजारको संख्यामा वैज्ञानिक रहेका र उनीहरुलाई विभिन्न आविष्कार सहित विभिन्न कार्यक्षेत्रमा खटाउनु आवश्यक रहेको छ । सरकारले अमृत साइन्स क्याम्पस स्थापना भएको दिन अर्थात असोज १ गतेलाई विज्ञान दिवसको रुपमा मनाउदै आएको छ ।

अब नेपालका वैज्ञानिकलाई कोभिड केन्द्रीत कार्यक्रममा आकर्षित गराउनुपर्छ, यस्ले गर्दा नेपालको नाम विश्वसामु परिचित गराउन सकिन्छ–मन्त्री पोखरेलको धारणा थियो । विद्यालय तहका विद्यार्थीलाई विज्ञान विषयमा आकर्षित गर्न सरकारले नया योजना ल्याउने तयार गरेको उहाको भनाई थियो ।

मन्त्रालयले गएको वर्ष विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति स्विकृत गरेपनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसकेको विषयमा मन्त्री पोखरेलले भन्नुभयो–सो नीतिलाई कानुन बनाउने र कार्यान्वयनमा लैजाने चरणमा रहेको बताउनुभयो । मन्त्रालयले बनाएका यस्ता दर्जनौ नीति कार्यान्वयन हुन कठिन भैरहेको छ । मन्त्री पोखरेलले नीति कार्यान्वयनममा ल्याउने तयार भैरहेको उल्लेख गर्दै त्यसको लागि मन्त्रालयका सचिवको अध्यक्षतामा समिति बनेको जानकारी दिनुभयो ।

नीतिमा बायो, न्यानो तथान्युक्लियर प्रविधिको विकास र उपयोगबाट कृषि क्षेत्रको व्यावसायिकरण, विविधिकरण एवं आधुनिकीकरणमा सहयोग गर्ने, विज्ञान शिक्षण्लाई प्रयोगात्मक क्रियाकलापसँग आवद्ध गरी शिक्षणलाई व्यवहारिक र रुचिपूर्ण बनाउने लगायतका विषय समावेश गरीएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्