Logo

कंगना रनौटले मोदीलाई भनिन्- हामी धेरै भाग्यशाली छौं कि तपाईंजस्तो प्रधानमन्त्री पायौं



एजेन्सी, १ असोज । बलिउड नायिका कंगना रनौटले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिदै लामो उमेरको प्रार्थना गरेकी छिन् । उनले मोदीलाई साधारण भारतीय नागरिकले पनि महशुश गर्ने गरेको भन्दै अहिलेसम्म कुनै प्रधानमन्त्रीलाई नभएको सम्मान मिलिरहेको बताइन् ।

साधारण भारतीय तपाईंलाई महशुश गर्छन्, कंगनाले ट्वीटरमा भिडियो सन्देशमार्फत् भनेकी छिन् , ‘यस्तो सम्मान, प्रेम र भक्ति अहिलेसम्म कुनै प्रधानमन्त्रीलाई यसअघि मिलेको होस् ।’ कंगनाले मोदी जस्तो प्रधानमन्त्री पाउनु भाग्यको विषय भएको समेत बताइन् । उनले भनिन्, ‘हामी धेरै भाग्यशाली छौं कि तपाईंजस्तो प्रधानमन्त्री पायौं ।’-तस्वीर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्