Logo

बलात्कार अभियोगमा शिक्षक पक्राउ



कैलाली, १ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । धनगढीका २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिकाका कलक बहादुर बोहरालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । बोहरा शिक्षण पेशामा संलग्न रहेको बुझिएको छ ।

बिहीबार दिउँसो महिलाको कोठामा गई धाकधम्की दिई जबरजस्ती करणी गरेका बोहरालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्