Logo

काठमाडौंमा एकैदिन ६१८ जना कोरोना संक्रमित थपिए



काठमाडौं,  १ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ६  सय १८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२  सय ४६  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ६१८ सय जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले   १० हजार  ६ सय   ४१ जनाको पिसीआर परिक्षणमा १२  सय  ४६ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा   १२४३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ४२  हजार  ९ सय ४९  रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ५०७ जना र ललितपुरका ६१ जना र भक्तपुरका ५०  जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  ५९ हजार  ५ सय  ७३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्