Logo

मादक पद्धार्थ सेवन गरी प्रहरीलाई ढुङगा प्रहार गर्ने पक्राउ



भोजपुर, १ असोज । प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा संगीन राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पौवादुङमा गाउँपालिका स्थित अँधेरी घाटमा ड्युटीमा खटिएको प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा सोही गाउँपालिका लुगुवाका राई पक्राउ परेका हुन् ।

राईले मादक पदार्थ सेवन गरी धरानबाट स्कुटर लिई आउने क्रममा प्रहरीले उक्त नाकाबाट प्रवेश गर्ने बिषयलाई लिएर राईले प्रहरी हवल्दारलाई ढुङगा प्रहार गरेका हुन् । ढुङगा प्रहारबाट घाइते प्रहरी हवल्दारको बिराट मेडिकल कलेज बिराटनगर मोरङमा उपचार भइरहेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्